पिएसपिएल ः विरेन्द्रनगरमाथी हसन्दहको फराकिलो जित

पिएसपिएल ः विरेन्द्रनगरमाथी हसन्दहको फराकिलो जित

पथरी, दोश्रो खेलमा क्लासिक इलाभेन हसन्दहले विरेन्द्रनगर स्टिल टाइगर माथी ७० रनको जित दर्ता ग¥यो । हसन्दहले पहिलो इनिङमा तयार गरेको १४६ रनको लक्ष्य २० ओभरमा विरेन्द्रनगरले ७६ रन मात्र जोडेपछि आफ्नो पहिलो खेल गुमाउन पुग्यो । हसन्दहका देवेन्द्र थापाले अर्धसतक प्रहार गरे । उनले ५३ रन बनाउदा संन्जिव धिमालले ३२ रन जोड्न पुगे । ५ विकेटको क्षतिमा १४६ रन बनाएको हसन्दहको मजवुद बलिङ सामु विरेन्द्रनगरका खेलाडीले गतिलो प्रर्दशन गर्न सकेन्न । विरेन्द्रनगरका अमर नेपालीले २ तथा रेवत थक्सु, प्रनेश राई युवराज बस्नेतले एक एक विकेट लिए ।

हसन्दहको विशाल योगफल लाई पछ्याएको विरेन्द्रनगरले २० ओभरमा ७६ रन मात्र वनाउन सक्यो । विरेन्द्रनगरलाई सस्तैमा समेटन हसन्दहका सौगात भटराईले ३ विकेट लिए । विरेन्द्रनगरका आभास पाहिमले २३ र युवराज वस्नेतले १९ रन जोडन वाहेक अरु खेलाडी सस्तैमा समेटिए ।

खेलको म्यान अफ दि म्याच हसन्दहका देवेन्द्र थापा घोषित भए ।

आइतबारको पहिलो खेल हिसाव किताव टे«न्डस र रोयल किङ्ग र दोश्रो खेल आइतबारे अस्त्र र मंगलवारे लिजेण्ड बिच हुने छ । यसअघिको पहिलो खेलमा बुद्ध युनाइटेडले सातबाघलाई ४ विकेटको जित निकालेको थियो ।

खेल मोरङको पथरीशनिश्चरेमा रहेको प्रस्तावित पथरी रंगशालामा भइरहेको छ ।

सम्बन्धित खवर