पथरीशनिश्चरे प्रिमियर लिग : उद्घाटन खेलमा वुद्ध युनाइटेड विजयी

पथरीशनिश्चरे प्रिमियर लिग : उद्घाटन खेलमा वुद्ध युनाइटेड विजयी

तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगको उद्घाटन खेलमा वुद्ध युनाइटेड विजयी भएको छ । साविक विजेता सात वाघ माथि ४ विकेटको जित निकाल्दै वुद्ध युनाइटेडले लिगमा २ अंक जोडेको छ ।

शनिबारबाट सुरु भएको प्रतियोगीताको पहिलो खेलमा सात वाघले ८ विकेटको क्षतिमा १०७ रन जोडेको थियो । टस हारेर व्याटिङमा उत्रिएको सात वाघका केलिन राईले २४ र अनिस लुइटेलले २२ रन जोड्न बाहेक अन्य खेलाडीको प्रर्दशन उल्लेखनीय रहेन । वुद्ध युनाइटेडका अनिस तामाङ, राज राई, सविन अघिकारीले समान २–२ विकेट हात पारे । निर्धारित २० ओभर खेल्दै तयार पारेको लक्ष्यलाई वुद्ध युनाइटेडले १९ ओभर ४ बलमा पुरा ग¥यो । विजयी टिमका विशाल तामाङले ४१ बलमा ३८ रन बनाएपछि टिमको जित निश्चित बनेको हो । तामाङ खेलको म्यान अफ दि म्याच समेत बने । वुद्ध युनाइटेडले जित निकाल्न ६ विकेट गुमायो । सात वाघका रहर लामा र अनिस लुइटेलले २–२ विकेट लिदा अश्विन महत र दिपेश भण्डारीका नाममा १–१ विकेट रहयो ।

खेल शनिबार पथरीशनिश्चरेका नगर प्रमुख मोहन तुम्वापोले उद्घाटन गर्नुभयो । पथरीशनिश्चरे नगर भित्रका ८ वटा फ्रेन्चाइज टिमहरुको सहभागीता रहेको छ । कार्तिक ३ सम्म सञ्चालन हुने लिगमा लिग र राउण्ड रोविङका आधारमा ४ टिमले सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर