बाटोको अवरोध हटाउने काममा तिब्रता

बाटोको अवरोध हटाउने काममा तिब्रता

मधुमल्ला, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ ले बाटोमा भएका अवरोधहरुलाई हटाउने अभियानलाई तिब्रता दिएको छ ।

शनिबार बिहानैबाट मिक्लाजुङ गाउँपालिका वडा नंं. ७ का वडाध्यक्ष शुशिलराज चौहान, वडासदस्यहरु, नगर प्रहरी सहितको टिमले मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मधुमल्ला बजार चोकबाट बाटामा भएका अवरोधहरुलाइए हटाउन थालीएको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुशिल राज चौहानले बताउनु भयो ।

सडकमा दायाँ बायाँ ढुङ्गा गिट्टी, बालुवा, लगायतका बिभिन्न सामग्रीहररू राख्ने गरेका कारण सडकमा अवरोध भई दुर्घटना हुनसक्ने खतरा बढेको, पैदल यात्रीहरुलाई हिड्न असहज हुने जस्ता सम्स्या हुने गरेको छ । मिक्लाजुङ वडा नं. ७ का मुख्य तथा साहयक सडकमा भएको सडकको अवरोधलाई हटाउने चौहानले बताउनु भयो ।

सम्बन्धित खवर