बेतिनी सिमसारमा आगलागी

बेतिनी सिमसारमा आगलागी

उर्लाबारी, माेरङको उर्लाबारी २ स्थित बेतिनी सामुदायिक वनमा आगलागी भएको छ । बिहिबार राती करिव १०ः३० बजेको समयमा सिमसारक्षेत्रका टहरामा आगलागी हुदा ३ वटा टहराहरु पुर्ण रुपमा जलेर नस्ट भएका छन् ।

आगलागीबाट कुनै मानविय क्षति हुन नपाएको उर्लाबारी प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि उर्लाबारी, पथरी , बेलबारी नगरपालिका र झापाको कमल गाउपालिकाबाट वारुण यन्त्र, प्रहरी प्रशासन र स्थानियबासीहरू खटेका थिए । आगलागी भएको २० मिनेट पछि आगो नियन्त्रणमा आएको थियो ।

करिव ३५ वटा टहराहरू रहेको सिमसार क्षेत्रमा दिउँसो पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । उक्त टहराहरूमा व्यावसाय गर्नेहरुले साँझ आगो राम्रोसँग ननिभाएको कारण आगलागी भएको हुनसक्ने स्थानिय बताउछन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

सम्बन्धित खवर