डल्लुमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

डल्लुमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

काठमाडौं, काठमाडौंको डल्लु स्थित रामघाट पुल नजिकै गएराती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा काठमाडौंको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन् । महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ ।

टंकेश्वरबाट डल्लुपुल तर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे ठोक्किएका थिए ।

दुवै सवारी साधन सहित ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर