पथरी, संविधान दिवसको अवसरमा मोरङको पथरीमा युवाहरुको समुह (दाह्री ग्यांग) ले दिप प्रज्ज्वलन गरि संविधान दिवस मनाएको छ ।
२०७२ असोज ३ मा नेपालको संविधान २०७२ जारी भइ देशमा संघियता कार्यान्वयनमा छ । बर्तमान संविधानले समावेश गरेका सम्पुर्ण हक अधिकारको संरक्षण गर्न नेतृत्व बर्गलाई आग्रह गर्दै सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै दाह्री ग्यांग पथरीका संयोजक अमर महराले संविधानको रक्षा र आवश्यक संसोधनका लागि संसद भवनसम्म आवाज पुर्याउने जिम्मेवारी युवा बर्गको भएको बताए ।
२०७२ सालमा नै स्थापना भएको दाह्री ग्यांगले विविध सामाजिक गतिविधिका साथै जनचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको छ । सामाजिक संजाल फेसबुकबाट शुरु भएको समूह अहिले देशभर विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय छ ।