मोरङका कोहि पनि जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

मोरङका कोहि पनि जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

भीमराज अधिकारी, लेटाङ

स्थानीय तह निर्वाचन २०७९ मा सहभागी मोरङका कोहीपनि (प्रमुख, उपप्रमुख) जनप्रतिनिधिले निर्वाचन खर्च विवरण समयमा नबुझाएको पाइएको छ ।

आयोगले समयमा निर्वाचन खर्च नबुझाएको र स्पष्टिकरण माग गर्दा समेत चित्तबुझ्दो स्पष्टिकरण नआएको भन्दै सूचि सार्वजनिक गरेको छ । समयमा खर्च विवरण नबुझाउनेमा मोरङका १७ वटै पालिकाका प्रमुख र उपप्रमुखहरू छन् ।

सरी समयमा विवरण नबुझाउनेलाई आयोगले महानगपालिकाका प्रमुख, उपप्रमुखलाई ७ लाख ५० हजार जरिवाना तोकेको छ । उपमहानगरका प्रमुख, उपप्रमुखलाई ५ लाख ५० हजार, नगपालिकाका प्रमुख, उपप्रमुखलाई ४ लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना तोकेको छ ।

सूचना प्रकाशन भएको मितिले ६ महिना भित्रमा जरिवाना रकम दाखिला गर्न आयोगले निर्देशन गरेको छ । यदि जरिवाना रकम दाखिला नगरेको खण्डमा ६ वर्षसम्म कुनैपनि तरिकाले निर्वाचनमा उमेद्वार हुन नपाउने र सो रकम सरकारी बाँकी सरहको असुल उपर गर्न केन्द्रिय तहसिल कार्यालयलाई विवरण पठाउने आयोगले जनाएको छ ।

विवरण बुझाउन बाँकी रहेका मोरङका प्रमुख, उपप्रमुखहरू ः

बिराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्की, उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिना कुमारी खतिवडा, पथरीशनिश्चरे प्रमुख मोहन प्रसाद तुम्बापो र उपप्रमुख देवीमाया काफ्ले, बेलबारी प्रमुख दिल प्रसाद राई र उपप्रमुख नीतु थापा, रंगेली प्रमुख दिलिप कुमार अग्रवाल र उपप्रमुख भूमा कुमारी पराजुली, रतुवामाई नागेश्वर प्रसाद सिंह गनगाई र उपप्रमुख दमयन्ता देवी चुडाल, लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावती र उपप्रमुख कृष्ण कुमारी पोख्रेल, सुनवर्षी नगरपालिका प्रमुख श्याम प्रसाद राजवंशी र उपप्रमुख मीरादेवी केवरथ, सुन्दरहरैँचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई र उपप्रमुख अकलि चौधरीले निर्वाचन खर्च विवरण नबुझाएका हुन् ।

गाउँपालिकाहरूमा कटारी गाउँपालिका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी, कोपोखरी राजमति इङ्नाम र भोला प्रसाद अधिकारी, केराबारी सुमन मिरिङचिङ मगर र मनमाया मगर, ग्रामथान जय प्रकाश गच्छदार थारु र गुणवति देवी थारु, जहदा जितेन्द्र प्रसाद शाह र हन्ना सोरेन, धनपालथान जिवछ प्रसाद गच्छदार र नसिमा वानो, बुढिगंगा जित नारायण थापा मगर र अमृता कुमारी गच्छदार, मिक्लाजुङ बविकुमार राई र दिनेश पौडेलले पनि निर्वाचन खर्च नबुझाएको आयोगले जनाएको छ ।

सम्बन्धित खवर