सामूहिक बलात्कारमा गिरीजा पक्राउ

सामूहिक बलात्कारमा गिरीजा पक्राउ

केराबारी, केराबारीबाट जवरजस्ती करणी मुद्दामा १३ बर्ष कैद सजाय ठहर भई फरार रहेका एक जना प्रतिवादी व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका केराबारी गाउँपालिका–८ का ३१ वर्षीय अशोककुमार भनिने गिरिजा बस्नेतलाई प्रहरीले मोरङको केराबारीबाट पक्राउ गरेको हो ।

बस्नेतसहित तीन जनाले २०७१ साल जेठ ९ गते विद्यालयबाट फर्कदै गरेकी १६ वर्षीया किशोरीलाई मोटरसाइकलमा राखि जङ्गलमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए । घटना भएको ८ वर्षपछि बस्नेतलाई ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घटनामा संलग्न प्रकाश थापा त्यतिबेलै पक्राउ परे । दुई जना फरार थिए । फरार रहेकामध्ये बस्नेतलाई प्रहरीले पक्राउ गरेर बिहीबार अदालतमा पेश गरेको छ । घटना संलग्न एक जना अझै फरार रहेको र खोजी जारी राखिएको प्रहरीले जनाएको छ । सामूहिक बलात्कार घटनामा प्रहरीले चलाएको जबरजस्ती करणी मुद्दामा तीनै जनालाई २०७२ चैत ३ गते जिल्ला अदालत मोरङले जनही १३ वर्ष कैद सजाय र २५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सम्बन्धित खवर