अहिलेका बेलायती राजा चार्ल्स तृतीयको त्यो नेपाल यात्रा

अहिलेका बेलायती राजा चार्ल्स तृतीयको त्यो नेपाल यात्रा

२०३७ मंसिर २३ गते बेलायती राजकुमार चार्ल्सले विजयपुरस्थित चाँपको चौरबाट ट्रेकिङ थाल्नुभएको थियो । पहिलो रात चिन्तेको डाँडामा, दोस्रो रात स्याक्लुङको डाँडामा, तेस्रो रात रुपाकोटको चिसापानीमा तथा चौथो रात बेगनास तालको जङ्गलमा बास बसेर काठमाडौँ फर्कनुभएको थियो ।

यसरी प्रिन्स चार्ल्सले यात्रा गरेको त्यो बाटोलाई पछि रोयल ट्रेक भनेर चिनाईयो । त्यहीँ नाममा धेरैले यात्रा पनि गरे । समयसंगै रोयल ट्रेक पनि हरायो । बेला बेलामा ब्युताउने कथा त सुनिन्छ तर किन हो पर्यटन ब्यबसायीले खासै चासो दिएको पाइदैन । अब चार्ल्स राजा भइसकेपछि पूनः चार्ल्स रुट नाम दिएर यस रुटलाई फेरि ब्युताएर अगाडी बढाउन सकिन्छ । चार्सलाई जोडेर यसको प्रचार गर्नसके पर्यटनलाई ठुलो टेवा दिन सकिन्छ ।

धेरै कमलाई थाहा होला ट्रेकिङ शब्दको शुरुवात पनि नेपालबाट नै भएको हो । दक्षिण अफ्रिका पुगेका डचहरुले ट्रेक शब्दको शुरुवात गरेका थिए । लामो यात्रा हिड्नुपर्दा ट्रेक भन्थे । तर वास्तविक ट्रेकिङको शुरुवात नेपालमा नै भएको हो ।

राणाकालको अन्ततिर बि.सं. २००६ सालतिर नेपालको तीनवटा लामो यात्रामा निस्केका बिल टिल्म्यानले नै नेपालमा ट्रेकिङको शुरुवात गरेका थिए । यहीँ ट्रेकिङबाट भरियाका रुपमा बिदेशीका साथ जानेहरुको ब्यबसायिक शुरुवात भयो। यसपछि भने नियमित रुपमा बिभिन्न हिमाल आरोहण तथा हिमाली क्षेत्र तर्फ ट्रेकिङको ब्यबसायिक शुरुवात भएको थियो ।

संकलन ः सुनिल उलक

सम्बन्धित खवर