अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा चिनारी प्रथम

अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा चिनारी प्रथम

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा वडा न २ देविगन्जमा स्थापित चिनारी बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

५८ औं बाल दिवसको अवसरमा आयोजित नृत्य प्रतियोगिता वडा नं. २ मै स्थापित रेडस्टार बोर्डिङ स्कुल दोस्रो र वाल्मीकि बोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गरेका छन् ।

प्रथम स्थान हासिल गर्न सफल चिनारीको तर्फबाट प्रिया राई, जेनिशा लिम्बु, अंशु अधिकारी, विप्राशा भण्डारी, कुवेर पुरी र आरती न्यौपानेले नृत्य प्रस्तुत गरेका थिए । सो नृत्यको निर्देशन अभिषेक मगरले गरेका हुन् । नगरमा चिनारीले नृत्यमा निक्कै नै राम्ररी फड्को मारिरहेको छ ।

नगर बालसञ्जालको समन्यवयमा भएको कार्यक्रमको अध्यक्षता उप प्रमुख देविमाया काफ्ले र प्रमुख अतिथि प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल रहेका थिए । प्रतियोगितामा १४ वटा विद्यालयले भाग लिएको थियो ।

सम्बन्धित खवर