कानेपोखरीमा रेखालाई मतदाताको माया,समस्या बुझ्दै स्थानिय आशिर्वाद लिदै

कानेपोखरीमा रेखालाई मतदाताको माया,समस्या बुझ्दै स्थानिय आशिर्वाद लिदै

मोरङ, मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको तर्फबाट मोरङ ३ का लागि उम्मेद्वार सिफारिस भएपछि नायिका रेखा थापाले मतदाता भेटघाटलाई तिव्र पारेकी छन् ।
चुनावी अभियान अन्तरगत आज सोमबार मोरङ कानेपोखरी गाउँपालिकामा मतदातासँग भेटघाट गरिन । उनले आफ्नो के बृद्ध के युवा सबैको निक्कै माया र साथ पाएकी छिन । रेखाको उपस्थितले मतदाता उत्साहित बनेका थिए । तपाईहरुको समस्यासङ्ग जुध्न उम्मेदवार बनेर आउने भनेपछी महिला दिदी बहिनिहरु भावुक भएका थिए ।
उनले नेता भनेको शासक हैन सेबक हुनु पर्ने बताईन । रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका थिए भने महिला दिदिबहिनिहरुले अङ्गालोहालेर उम्मेदवारी प्रती खुशी साटासाट गरेका थिए ।
उम्मेद्वार सिफारिस भएपछि उनी क्षेत्र नं. ३ का मतदाता भेटन समस्या बुझ्न घामपानी झरी नभनी व्यस्त छिन् ।
कुर्तासलवार लगाएर जनताको घरदैलोमा पुगिरहेकी रेखाले सर्वसाधरणबाट न्यानो स्वागत पाइरहेकी छन् । “जहाँ पुग्छु मलाई युवाले माया र ज्येष्ठ नागरिकले आशिर्वाद दिने गर्नुभएको छ,” थापाले भनिन् ।

भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गर्ने गरेका छन् । रेखा उठेको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले यो समस्याबारेसमेत निकै गम्भीरतापूवर्क बताउने गरेको उनले बताइन् ।
कानेपोखरी गाउँपालिकाको वडा नम्बर ४,५,६,७ मा आज रेखाको व्यापक घर दैलो कार्यक्रम रहेको राप्रपा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बताए । उनका अनुसार पुराना उम्मेदवारले आश्वासनको खेती गरेकाले रेखासङ्ग मतदाताहरु आसाबादी रहेको न्यौपानेले बताए ।

सम्बन्धित खवर