पथरीशनिश्चरे प्रिमियर लिगको अक्सनमा सर्वधिक महगो खेलाडी को?

पथरीशनिश्चरे प्रिमियर लिगको अक्सनमा सर्वधिक महगो खेलाडी को?

पथरी
पथरीशनिश्चरेमा तेश्रो पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको शनिवार अक्सन सम्पन्न भएको छ । अक्सनवाट ८ क्लवले ११४जना खेलाडी अनुवन्धीत गरेको छ । अधिल्लो प्रिमियर लिगमा सहभागी शनिश्चरे स्ट्राइकले लिग वाट वाहिरीने निर्णय गरेपछि नयाँ क्लवका रुपमा आइतवारे अस्त्रले पहिलो पटक सहभागीता जनाउन लागेको हो ।

तेश्रो संस्करणमा वुद्ध युनाइटेडले सुदिप चौधारीलाई ८हजार २सय रुपयाँमा अनुवन्धन ग¥यो । उनी तेश्रो संस्करणका महगो खेलाडी वने । आइतवारे अस्त्रले आर्दश कार्कीलाई ७हजार ४सय मोल लगाउदा रोयल किङ्गले पावेल राईलाई ६हजारमा अनुवन्धन गर्न सफल भयो ।

हसन्दहले सोलोमोन राईलाई ५हजार ८सय, विरेन्द्रनगरले पशुपती दाहाललाई ५हजार ६ सय, सात वाघले निधित राईलाई ५हजार ४सयमा,मंगलवारे लिजेन्डले अभिषेक विकलाई ५हजार २सय र हिसाव कितावले धराम सिंहलाई ३हजार ८सयमा अनुवन्धन गरे ।

 

लिगका लागी वुद्ध युनाइटेड,विरेन्द्रनगर,रोयल किङ्ग,सात वाघले १५ जना खेलाडी खरिद गर्दा आइतवारे,हिसाव किताव,हसन्दहले १४ खेलाडी किन्न सफल भए मंगलवारेले १२ खेलाडी आफ्नो पक्षमा पार्न सक्यो ।

१हजार आधार मुल्य राखेर गरिएको अक्सन गरिएको थियो । ४०हजार जम्मा ‘वालेट’ राखिएको थियो । खेलाडी लाई ए,वि ,सि र अन्डर सिक्टीन वर्गमा विभाजित गरि अक्सन गरिएको थियो ।

लिगमा वुद्ध युनाइटेड,हिसावकिताव टे«र्डस,रोयल किङ्ग,मंगलवारे लिजेण्ड,सात वाघ,विरेन्द्रनगर स्टील टाइगर,क्लासिक हसन्दह,आइतवारे अस्त्र टिमको सहभागीता रहने छ ।

 

पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्र वाट क्रिकेट प्रतिभा खोज्न सुरु गरिएको लिगको यो तेश्रो संस्करण हो । अघिल्ला दुई संस्करणमा पहिलो रोयल किङ्ग र दोश्रो सात वाघले उपाधी जित्न सफल भएका थिए ।

पहिलो संस्करणमा उपविजेतामा चित्त वुझाएको सातवाघ दोश्रो संस्करणमा मंगलवारे लिजेन्डलाई हराउदै विजेता वनेको थियो ।

सम्बन्धित खवर