मोबाइल चोरी भएका २५० बढि उजुरी, मोबाइल खोजेर फिर्ता गर्दै प्रहरी

मोबाइल चोरी भएका २५० बढि उजुरी, मोबाइल खोजेर फिर्ता गर्दै प्रहरी

पथरी, इलाका प्रहरी कार्यालय पथरीमा मोबाइल चोरी भएका तथा हराएका २५० भन्दा बढि उजुरी परेका छन् । मोरङको पथरीशनिश्चरे १ स्थित इलाका प्रहरी कार्यालय पथरीले बुधबार ११ वटा मोबाइल फिर्ता गरेको जनाएको छ ।

उजुरी अनुसार खोज्दै जाँदा कुनै मोबाइल धनगढी, बुटवल तिर समेत फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार विशेषगरी चार्ज गर्नका लागि झ्यालको छेउछाउमा राखिएका मोबाइल हराएको पाइएको छ । चोरी गर्ने अधिकांश १८ वर्ष मुनिका रहेका छन् । उनिहरू लागुऔषधमा समेत जोडिएको र रकम अभावमा चोरी गर्ने गरेको पाइएको गौतमले बताउनुभयो ।

भेटिएका मोबाइल, मोबाइल धनिलाई बुझाउने क्रम जारी छ । केही भेटिएका मोबाइलहरू कार्यालय आइपुग्ने अवस्थामा रहेका छन् । मोबाइल चार्ज गर्दा बाहिरबाट नभेट्ने स्थानमा राख्न र सुरक्षा अपनाउन गौतमले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर