उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिका स्थित वाड नं. १ मा हात्तिले गएराति आतङ्क मच्चाएको छ ।
बिहीबार राति करिब ११ः३० बजेको समयमा गाउँ पसेको ३ वटा जंगली हात्तिले उर्लाबारी १ को डागी र दिङ्ले चोकमा २ वटा घर भत्काएको छ ।
प्रहरीका अनुसार हात्तिले उर्लाबारी १ को दिङ्लेचोकका देबेन्द्र कुमार श्रेष्ठ र अजय खड्काको घरमा क्षति पुर्याएको छ । घरमा क्षति भएतापनि मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।