इप्रका पथरीलाई साइकल

इप्रका पथरीलाई साइकल

पथरी, माेरङकाे पथरीशनिश्चरेमा इलाका प्रहरी कार्यालय पथरीलाई चारवटा साइकल प्राप्त भएको छ । एनआइसी एसिया बैंकबाट दुईवटा र राष्ट्रिय वाणिज्य बैंकबाट दुईवटा साइकल (माउन्टेन बाइक) प्राप्त भएको इप्रका प्रमुख (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रहरीलाई बजार क्षेत्रका कुना कुनामा गस्तीका लागि साइकलको आवश्यकता परिरहेको अवस्थामा एनआइसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक पथरी शाखाले उपलब्ध गराएपछि अब गस्तीका लागि अझै सहज हुने गौतमले बताउनुभयो । बुधबार एक कार्यक्रमका बिच एनआइसी एसिया बैंक पथरी शाखा प्रमुख चुडाराज कट्टेल र राष्ट्रिय वाणिज्य बैंक पथरीका प्रतिनिधि विश्वराज लामिछानेले साइकल हस्तान्तरण गर्नुभयो ।

साइकल प्रतिगोटा १३ हजार रुपैँयाका छन् । अझै एकवटा साइकलको आवश्यकता रहेको र औषधी व्यावसायी संघसंग सो साइकलका बारेमा पनि कुरा भइरहेको गौतमले बताउनुभयो ।

सम्बन्धित खवर