डेंगु बिरामीले भरियो टेकु अस्पताल

डेंगु बिरामीले भरियो टेकु अस्पताल

काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगु भाइरस ’एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।

सम्बन्धित खवर