नेपाली कांग्रेस बाट प्रदेशसभा प्रत्यक्षमा सिफारिस ‘अर्जुन तुम्रोक’ नामै काफी

नेपाली कांग्रेस बाट प्रदेशसभा प्रत्यक्षमा सिफारिस ‘अर्जुन तुम्रोक’ नामै काफी

मोरङ / आशन्न मंसिर–४ को प्रतिनिधीसभा निर्वाचन र प्रदेशसभा निर्वाचनका लागि यतिबेला उम्मेदवारी छनौटको लहर नै चलेको छ । जस अन्र्तगत मोरङ क्षेत्र नम्वर–१ ले प्रदेशसभा निर्वाचनका लागि प्रतक्ष्य उम्मेदवारका रुपमा उर्लाबारी मंगलबारेका अर्जुन तुम्रोकलाई सिफारिस गरेको छ ।

उर्लाबारी–३ सुनपकुवामा बसोवास गर्ने तुम्रोकको राजनैतिक बृतमा खासै परिचय दिई रहनु पर्दैन ‘अर्जुन तुम्रोक’ नाम नेपाली कांग्रेसको राजनितीमा एउटा ब्राण्डकै रुपमा स्थापित नाम हो । उनी नेपाली कांग्रेसमा मात्रै नभएर अन्य राजनैतिक दलहरुमा पनि उतिकै परिचित छन् । सहयोगी र परोपकारी मनका धनी तुम्रोकको नाम नेपाली कांग्रेस मोरङ क्षेत्र नम्वर–१ र क्षेत्रिय प्रदेश–१ ‘क’ ले प्रदेशसभाका प्रतक्ष्य उम्मेदवारका रुपमा सिफारिस गरेपछि यतिवेला अन्य राजनैतिक दलमा पनि हलचल मच्चिएको छ ।

नेपाली काग्रेसमा युवा वर्गमा लोकप्रिय रहेका तुम्रोक नेपाली कांग्रेस प्रदेश–१ का सदस्य समेत रहेका छन् । भ्रष्टचारी विरोधी नेताका रुपमा परिचित तुम्रोकलाई युवावर्गले अत्याधिक रुचाएका नेता हुन् । परिवर्तनका सम्वाहक युवाहरुको साथ सर्मथन र उत्प्रेरणाबाट अभिप्रेरित तुम्रोकले आफु निर्वाचित भए भ्रष्टचारमा शुन्य शहनसिलताको अभियानमा प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।

हाल नेपाली कांग्रेसको प्राकृतिक स्रोतको उपयोग समितिको विज्ञका रुपमा रहेका तुम्रोक २०५६ साल देखी नेपाली कांग्रेसमा आवद्ध हुन् । कांग्रेसको महाधिवेशन होस या आम निर्वाचन विभिन्न पदमा उठ्ने उम्मेदवारहरुलाई हराउन वा जिताउन सक्ने गेम मेकरका रुपमा पनि तुम्रोक जिल्लामा परिचित छन् । २०६९ सालमा फोरम प्रवेश गरका उनले फोरम लोकतान्त्रिमा हुँदा उनी दुई पटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा तुम्रोकले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रीक पार्टीबाट समानुपातिक सांसदको रुपमा आफुलाई उभ्याएका थिए ।

तर पछि फोरमका अध्यक्ष विजय गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गरेपछि तुम्रोक कांग्रेसमा लागेका हुन् । त्यसो त उनी फोरम पार्टीमा लाग्नुअघि पनि कांग्रेसमै आबद्ध थिए । २०६० सालमा शेरबहादुर देउवाले पार्टी फुटाएपछि उनी कांग्रेस प्रजातान्त्रिकमा लागेका थिए । सामाजिक कार्यहरुमा सक्रिय तुम्रोक अशक्त, दीन–दुःखीको मद्दत गर्ने दयालु र स्पष्ट वक्ताको रुपमा पनि चिनिन्छन् ।

उर्लाबारी र मिक्लाजुङलाई अत्यन्तै माया गर्ने तुम्रोकले यस क्षेत्रका दिन दुखीहरुलाई बेलाबखत सेवा गर्दै आएका छन् भने प्राकृतिक विपद, दैवि प्रकोप जस्ता प्रलयहरुमा समेत तुम्रोक सारथी बन्दै आएका छन् । तुम्रोक उर्लावारीमा विविध कारणले कहिलेकाहीँ चर्चामा आइरहने व्यक्ति पनि हुन् ।

सम्बन्धित खवर