नेपाली कांग्रेस बाट प्रदेशसभा प्रतक्ष्यमा सिफारिस हुने चिरञ्जिवी थापा को हुन ?

नेपाली कांग्रेस बाट प्रदेशसभा प्रतक्ष्यमा सिफारिस हुने चिरञ्जिवी थापा को हुन ?

मोरङ / आगमी मंसिर ४ को प्रदेश सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्वर–१ ‘क’ बाट नेपाली कांग्रेसका युवा नेता चिरञ्जिवी थापाको नाम सिफारिस भएको छ ।
यति वेला नेपाली कांग्रेस मात्रै नभएर सवै राजनैतिक पार्टीहरुले आ–आफ्नो क्षेत्रबाट भटभट उम्मेदवार सिफारिसको लहर चलिरहेकै बेला नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारहरुका रुपमा थापाको नाम सिफारिस भएको हो ।

थापा सगै प्रदेश ‘क’ र क्षेत्र नम्वर–१ बाट अर्जुन तुम्रोक, गोमा नेपाल र बीरवल थापाको नाम सिफारिस भएको छ । मंसिर ४ को निर्वाचनका लागि यतिवेला क्षेत्रिय प्रदेश, क्षेत्र हुदै जिल्ला तहसम्म उम्मेदवारहरुको नाम सिफारिस भएर गइसकेको छ । जसमा थापाको नाम पनि सिफारिस हुदै जिल्लातह सम्म पुगेको छ । मोरङको उर्लाबारी नगरपालिका–२ सालबारीका स्थायी बसोवासी थापा नेपाली कांग्रेसमा युवा नेताका रुपमा यतिवेला परिचित रहेका छन् । बालबालिका देखी युवायुवती र पाका उमेर सम्मका आमाबुबाको प्रिय पात्रका रुपमा सवैको मनमा बस्न सफल थापाको उम्मेदवारीले यतिवेला सवैमा मुहारमा कान्ती छाएको छ ।

२०४८ सालदेखी उर्लाबारी–२ मा रहेको सुनपकुवा माध्यमिक विध्यालयबाट नेपाली कांग्रेसको सचिव हुदै राजनितिमा होमिएका थापाले २०५२ सालमा उर्लाबारी बहुमुखी क्याम्पसमा पनि नेपाली कांग्रेसको राजनितीमा सक्रिय रुपमा लागि कांग्रेस निर्माणको अभियानमा लागिपरेका व्याक्ति हुन् । उर्लाबारीमै जन्मीएका थापाले यस क्षेत्रको राजनिती र यस क्षेत्रका जनताले भोग्दै आएका समस्या र क्षेत्रको विकासका लागि अपनाउनु पर्ने विकासको मोडालिटीका बारेमा गहिरो अध्ययन गरी आफ्नो विकासको मोडालिटीलाई कार्यान्वयन गराउनका लागि प्रदेशसभाको निर्वाचनमा प्रतक्ष्यतर्फ उम्मेदवारी दिएको बताएका छन् ।

मोरङको क्षेत्र नम्वर १ ‘क’ को भुगोललाई राम्रोसग बुझेका थापाले समग्र क्षेत्रको विकासका लागि (शिक्षा, स्वाथ्य, खानेपानी, विजुली, सडक) निर्माणको परम्परागत विकासको मोडालिटीलाई निरञ्तरता दिदै आधुनिक र प्रवधिमैत्री, युवावर्ग लक्षित विकासका योजनाहरुलाई कार्यान्वयन गराउदै स्थानिय स्तरमा बसोवास गर्ने सवै जातिको उथ्थान र संरक्षण हुने गरिको विकासको मोडालिटी लिएर आफु चुनावी मैदानमा उत्रिने तयारीमा रहेको बताएका छन् । उर्लाबारी बहुमुखी क्यामपसको अध्ययन पश्चात उच्च शिक्षा हासिलका लागि जापान पुगेर अध्ययन गरेका थापाले विकसीत देशको विकासको मोडालिटीलाई नजिक बाट नियालेका छन् । उनले विदेशमा रहदा देखेको विकासको नमुनालाई यस क्षेत्रमा लगाउने प्रयत्नका साथ आफु निर्वाचनमा होमिएको बताए ।

थापा विदेशमा रहदा होस या नेपालमा रहदा जहिलै पनि देशको विकास र समृद्धिका बारेमा चिन्तन गर्ने युवा हुन । उनले जापानमा रहदा पनि देशको परिवर्तनको लागि नेपाली कांग्रेसले सुरुवात गरेका अभियानहरुमा हातेमालो गर्दै सक्रिय रुपमा लागि परिरहे जस्को उदाहरणका रुपमा विस २०६२ अर्थात (सन२००५) देखी नेपाली कांग्रेसको जापान जनसमपर्क सदस्य भएर कांग्रेसको आन्दोलनमा सक्रिय रुपमा लागि पर्दै नेपाली कांग्रेसको १२ औँ र १३ औँ महाधिवेसनमा जापनाबाट महाधिवेसन प्रतिनिधीका रुपमा निर्वाचित भएका थिए । भने तत्पश्चात विस २०६८ अर्थात (सन २०११÷१२) मा उनले जापानमा भएको नेपाल फेस्टिवलमा उनले नेपलीहरुलाई चिनाउने भुमिका पनि निर्वाह गरेका थिए । यस्तै विस २०६२ अर्थात (सन२००५) देखी एनआरएनको सदस्य भई अभियान्ताका रुपमा उनले नेपाल र नेपालीको प्रतिनिधीत्व गर्दै विश्वका दर्जन भन्दा बढी मुलुहरुमा नेपालको सफल प्रतिनिधीत्व गरेका थिए ।

भने पछिल्लो समय उनले नेपालमै रहेर विदेशमा आफुले आर्जन गरेको शिक्षाको ज्ञान र व्यावसायी भएर भोगेका आफ्ना अनुभव र विकासका मोडालिटीलाई स्थानियस्तरमा कार्यान्वयन गराउने उद्ेश्यका साथ उम्मेदवारका रुपमा उभिन तयार भएको बताएका छन्। जनताको साथ सर्मथन र मत पाए विना संकोच क्षेत्रको विकास र युवाहरुलाई रोजगारीलाई रोजगारीको अवसर प्रदान गरी क्षेत्रको उननयका लागि कटिवद्ध भएर काम गर्ने प्रण उनले गरेका छन् ।हालसम्म कुनै पनि पक्ष÷विपक्षमा ननलागेका थापा कांग्रेसभित्र सबैले रुचाइएको व्यक्तिको रुपमा चिनिन्छन् । उनी कांग्रेसमा स्थानीयदेखि केन्द्रीयस्तरका सबै तहका नेताहरुसँग राम्रो सम्बन्ध विस्तार गर्ने क्षमतावान् नेता समेत हुन् ।

मोरङ क्षेत्र नम्बर १ मा लगानी भित्र्याउन सक्ने, ठूला प्रोजेक्टहरु ल्याउन सक्ने र विकासको गतिलाई टेवा दिन सक्ने क्षमताका युवा भएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । थापालाई कांग्रेसका क्षेत्रीय नेताहरुले समेत रुचाइएका व्यक्ती हुन् । सबैसँग राम्रो सम्बन्ध बनाएका उनीलाई कांग्रेस मोरङ क्षेत्र नम्बर १ का नेताहरुको जोडबलमा प्रदेशसभाको उम्मेदवारी बनाइएको हो । सबै पक्षको राम्रो सहयोग पाएका थापा ऊर्जा, कृषि, वित्त क्षेत्रका ठूला लगानीकर्ता समेत रहेका रहेका छन् ।

 

सम्बन्धित खवर