डिगबहादुर लिम्बू सहित प्रतिनिधि सभा सदस्य उम्मेद्बारमा ४ सिफारिस

डिगबहादुर लिम्बू सहित प्रतिनिधि सभा सदस्य उम्मेद्बारमा ४ सिफारिस

लेटाङ, आसन्न मंसिर ४ को प्रतिनिधी सभा र प्रदेश सभाको लागि नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र १ बाट जिल्ला सभापती डिगबहादुर लिम्बू सहित ४ जनाको नाम सिफारिस भएको छ ।

मोरङको क्षेत्र नम्वर १ लेटाङमा बसेको क्षेत्रिय पदाधिकारीहरुको बैठकले प्रतिनिधि सभा निर्वाचनको लागि ४ जनकाको नाम सिफारिस गरेको हो ।सिफारिस हुनेहरुमा जिल्ला सभापति डिगबहादुर लिम्वु, महाधिवेसन प्रतिनिधी राम प्रसाद पोख्रेल, प्रदेश नम्वर १ सदस्य आरती देवि बराल र प्रदेश प्रतिनिधी सदस्य जय धर्म आर्चायको नाम सिफारि गरेको हो ।

यस्तै प्रतिनिधी सभाको समानुपाकि तर्फ महाधिवेसन प्रतिनिधी ललित अधिकारी, पुर्व महाधिवेसन प्रतिनिधी दिब्यादेबी बस्नेत र प्रदेश सहसचिव क्षेत्र नम्वर १ ‘क’ का नारायण धिमालको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश प्रतक्षतर्फ क्षेत्र ‘क’ मा महाधिवेसन प्रतिनिधी चिरिञ्जवी थापा, प्रदेश १ सदस्य अर्जुन तुम्रोक, महाधिवेसन प्रतिनिधी गोमा नेपाल र बीरवल थापाको नाम सिफारिस भएको छ ।

यस्तै समानुपातिक तर्फ प्रदेश सहमहामन्त्री खड्ग फागो, महाधिवेसन प्रतिनिधी शोभा पालुङवा, विजयी कार्की र जिल्ला सदस्य नेन्त्र कुमारी भट्टराई (श्रेष्ठ) को नाम सिफारिस भएको छ ।

प्रदेश सभा ‘ख’ को प्रत्यक्षतर्फ क्षेत्रिय सभापति शंकर राई, प्रदेश प्रतिनिधी, सदस्य बृष बहादुर थापा र केराबारी गाउँपालिका सभापति प्रकाश बस्नेतको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ निवर्तमान महासमिती सदस्य सुभद्रा भट्टराई, महाधिवेशन प्रतिनिधी इन्द्र बहादुर लिम्वु र प्रदेश प्रतिनिधी सदस्य विमल राईको नाम सिफारिस भएको छ ।

सम्बन्धित खवर