मोरङ १ (ख) मा एमालेबाट ९ जना सिफारिस, संघमा घनश्याम र शिवमायाकाे चर्चा

मोरङ १ (ख) मा एमालेबाट ९ जना सिफारिस, संघमा घनश्याम र शिवमायाकाे चर्चा

लेटाङ, नेकपा एमाले मोरङ १ (ख) बाट प्रदेश सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपतिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ ।

लेटाङमा भएको निर्वाचन क्षेत्रीय कमिटिको बैठकबाट डिल्लीराम शर्मा अधिकारी, खड्ग बहादुर बस्नेत र बुद्दिमान लिम्बुको प्रत्यक्षतर्फ नाम सिफारिस भएको हो । सिफारिस भएका अधिकारी साबिक सिंहदेवी गाबिसका पूर्व प्रधानपञ्च तथा पूर्व गाबिस अध्यक्ष हुन भने बस्नेत मोरङ जिल्ला बिकास समितिका पूर्व सभापति हुन ।

यस्तै समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा डिल्ली बि.क.,शान्ति लिम्बु भुजेल, बाल कुमार श्रेष्ठ, सेरमान तामाङ, सरन गजमेर र दहसेर राई रहेका छन् । मंसिर ४ गते हुने प्रदेश तथा संघको निर्वाचनका लागि उमेद्वार छनौटको क्रममा भएको बैठकबाट अन्य दलहरुले झै एमालेले पनि उमेद्वार सिफारिस गरिरहेको छ ।

आईतबार मोरङ १ नम्बर क्षेत्रीय कमिटीको बैठक बसि संघका लागि उमेद्वार सिफारिस गर्दैछ । सङ्घिय सांदको प्रत्यक्ष तर्फको उमेद्वारमा पूर्व उपसभामुख तथा पूर्व मन्त्री डा. शिबमाया तुम्बाहाम्फे र हालका सांसद घनश्याम खतिवडाको नाम चर्चामा छ ।

सम्बन्धित खवर