मेयरद्वारा स्वास्थ्यकर्मीलाई ग्लुकोमिटर प्रदान

मेयरद्वारा स्वास्थ्यकर्मीलाई ग्लुकोमिटर प्रदान

उर्लाबारी, मधुमेहका विमारीका लागि स्वास्थ्यकर्मीलाई अभिमुखिकरण तथा ग्लुकोमिटर (सुगर लेबल जाँच गर्ने यन्त्र) वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा मेयर गंगाप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले स्वास्थ्यकर्मीहरुलाई ग्लुकोमिटर प्रदान गर्नुभएको छ । नगरपालिका मातहतका आधारभुत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र र राजघाट स्वास्थ्य चौकीका गरी १८ जना स्वास्थ्यकर्मीलाई मधुमेहका विषयमा जानकारी दिँदै ग्लुकोमिटरबाट सुगर परीक्षणको विषयमा तालिम दिएको हो । सुगर परीक्षण गर्नका लागि तालिम लिएकामध्ये ९ जना स्वास्थ्यकर्मीलाई ग्लुकोमिटर उपलब्ध गराएको स्वास्थ्य शाखाका अधिकृत रेनुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा मेयर खरेलले मधुमेहका कारण स्वास्थ्यमा जटिलता झेलिरहेकाहरुलाई स्वयंसेविकाले घरआँगनमै पुगेर सुगर जाँच गर्नुपर्नेमा जोड दिनुभयो । साथै मधुमेहका विषयमा चेतना फैलाउने काम गर्न उहाँले स्वास्थ्यकर्मीको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा सहभागीहरुले मधुमेह पहिचान गरेका व्यक्तिहरुमा आँखा नदेख्ने, भोक धेरै लाग्ने, थकाइ लाग्ने, शरीर भारी हुने लक्षणहरु सुनाएका थिए । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तोयानाथ घिमिरेको सभापत्विमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर