नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ

नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका–५ बस्ने २६ वर्षीय प्रगास यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।उनको साथबाट नाईट्राभेट ८ सय ९७ ट्याब्लेट, डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ५ ख ८०८९ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको हो । न्युज कारखाना

सम्बन्धित खवर