मंसिर ४ का लागि मोरङ ३ मा आउन सक्ने अनुहार

मंसिर ४ का लागि मोरङ ३ मा आउन सक्ने अनुहार

पथरी, मंसिर ४ गतेका लागि तोकिएको संघ र प्रदेशको चुनावमा यसपटक मोरङ ३ मा निर्वाचनका लागि आउने अनुहारहरू देखिन थालेका छन् । यस क्षेत्रमा चर्चित र हेभीवेट मानिएका ३ उम्मेदवार आउने लगभग पक्का भएपछि यहाँको चुनाव थप रोचक हुने देखिएको छ ।

संघिय चुनावका लागि कांग्रेसबाट सुनिल शर्मा, एमालेबाट पुर्बमन्त्री समेत रहेका भानुभक्त ढकालको नाम चर्चामा छ भने राप्रपाबाट चर्चित नायिका नेत्री नेत्री रेखा थापाको नाम चर्चामा रहेको छ । तीनैजना उमेद्वार निकै हेभीवेटका र चर्चामा रहेका पात्र हुन् । तथापी थापाको इन्ट्रिले युवाहरूमा थप उत्साह थपेको छ ।

राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी रेखा थापा आफ्नो गृह जिल्ला मोरङ त्यसमा पनि आफ्नै क्षेत्रबाट उम्मेदवार हुने चर्चा सुरु भएसँगै मोरङ क्षेत्र नम्बर ३ लाई यो पटक रोचक ढङ्गले हेरिएको छ । थापाको चर्चासँगै उनी जिल्लाका बिभिन्न क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने कार्यतालिका समेत तय भएको छ ।

यता नेपाली कांग्रेस क्षेत्र नं ३ ले पूनः २०७४ कै उमेद्वार शुनिल शर्मालाई टिकटका लागि सिफारिस गरेको छ । नोबेल मेडिकल कलेजका सञ्चालक शर्माले अघिल्लो निर्वाचनमा झिनो मतान्तरले हारेका थिए । आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर देखि थुप्रै सामाजिक काम गरेर चर्चामा रहेका शर्मा यसपटक निर्वाचन जित्ने छाँटकाटमा छन् ।

नेकपा एमालेका तर्फबाट फेरीपनि पूर्व मन्त्री भानुभक्त ढकालको चर्चा रहेको छ । ढकालसँगै एमाले नेता गुरु बरालको नामपनि यदाकदा चर्चामै रहेको बिषय हो । ढकालले अघिल्लो निर्वाचनमा कांग्रेसका उमेद्वार शर्मालाई पछारेका हुन् । ढकाल निर्वाचित भएपछि ३ वटा मन्त्रालय समहाले तर निर्वाचन क्षेत्रमा माखो नमारेको एमाले कार्यकर्ताकै गुनासो छ । कानुन, स्वास्थ्य र पर्यटन मन्त्रालय समहालेका ढकालले फेरी टिकट लिएर आए उनका विरुद्ध कार्यकर्ता खरो रुपमा उत्रने बुझिएको छ । पर्यटक उमेद्वार भनेर विवादित बनेका ढकालले एतिबेला सुन्दरहरैँचामा घर निर्माण गर्दै गरेका छन् ।

सम्बन्धित खवर