औषधि विभागले ग¥यो भातेगौँडाको रोहिन स्वास्थ्य क्लिनिक सिल

औषधि विभागले ग¥यो भातेगौँडाको रोहिन स्वास्थ्य क्लिनिक सिल

पथरी, औषधि व्यवस्था विभाग बिराटनगरले मोरङको पथरीशनिश्चरे ६ भातेगौँडामा रहेको रोहिन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसी सिल गरेको छ । विभागले गोप्य सुचनाको आधारमा औषधि पसलमा छापामार्दा ठुलो परिणाममा लागुऔषधि सहित प्रतिबन्धित औषधी बरामद गरेको पछि क्लिनिक सिल गरेको हो ।

विभागले प्रतिबन्धित औषधि फेला परेसंगै रोहिन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीका संचालक २८ वर्षीय रोहिन मण्डललाई नियन्त्रणमा लिएको छ । बिभागले मण्डलको क्लिनिकबाट लागु औषधी ट्रमाडोल १ हजार ८ सय ४० ट्याब्लेट बरामद गरेको छ भने प्रतिबन्धित औषधि spaspain 5 box, Eskuf DX  8pic, zenegra red 27 tap, dormicam op 2 pic, vibel 1 box , k.t.5 drem 1 box, clobeata g.m.9 pic बरामद गरेको छ ।

 

लेटाङ प्रहरीले प्रतिबन्धित औषधि सहित पक्राउ गरेका लेटाङ ३ का २२ वर्षीय आसन राई र दिपेश राईको सुचनाको आधारमा क्लिनिकमा छापामारेको थियो । छापामार्ने क्रममा लागुऔषध र प्रतिबन्धित औषधि फेला परेको औषधि व्यवस्था विभाग बिराटनगरका सुचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए । पक्राउ परेका मण्डललाई म्याद थप गरि अनुशन्धान भइरहेको खड्काले जानकारी दिए ।

लेटाङ प्रहरीले पक्राउ गरेको राईलाईसंगै लिएर सोमबार बेलुकी भातेगौडा स्थित मण्डलको फार्मेसीमा छापामारेको थियो । मण्डल र राईलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । अबैध रुपमा औषधीको कारोबार गर्ने मण्डल गत स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदको उमेद्वार समेत थिए ।

सम्बन्धित खवर