तिजको अवसरमा ४ महिलालाई सम्मान

तिजको अवसरमा ४ महिलालाई सम्मान

पथरी, हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रममा चार जना महिलालाई सम्मान गरिएको छ ।

मोरङको पथरीशनिश्चरे पाँच हसन्दहमा बिहिबार आयोजना गरिएको कार्यक्रममा सेवा क्षेत्रबाट मिन कुमारी वर्मा, सामाजिक क्षेत्रबाट निवर्तमान वडा सदस्य शान्तिदेवी मुसहर, स्वस्थ्य क्षेत्रबाट एकमाया राउत र शिक्षा क्षेत्रबाट शारदा खड्कालाई दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

सम्मानित हुनुहुने वर्माले २०४६ सालमा तत्कालिन हसन्दह गाविसमा कार्यालय सहयोगीको रुपमा जागिर सुरु गर्नुभएको थियो । हाल पथरीशनिश्चरे नगरपालिका वडा नं. छ को वडा सचिवको रुपमा काम गर्दैगर्दा गत असार तीन गतेबाट अनिवार्य अवकास लिनुभएको छ ।
सेवा क्षेत्रमा सम्मानित मुसहर २०७४ को स्थानीय तह निर्वाचनमा दलित महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उँहाले पाँच वर्षे कार्यकालमा कार्यवाहक अध्यक्षको भूमिका समेत निर्वाह गर्दै सामाजिक सेवा क्षेत्रमा योगदान पु¥याउने दलित समुदायको महिला प्रतिनिधिको रुपम सम्मान गरिएको आयोजक मध्येका इश्वर बहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै, सम्मानित राउतले १२ वर्षअघि देखि हसन्दह स्वास्थ्य चौकीमा सरसफाई कर्मचारीको रुपमा काम गरिरहनुभएको छ । मासिक तीनसय रुपैँयाबाट सरसफाई कर्मचारीको काम सुरुगर्नुभएकी राउतले अहिले मासिक २४ हजार तलब बुझ्नुहुन्छ ।

शिक्षा क्षेत्रबाट सम्मानित हुनुहुने खड्काले २० वर्ष अघिदेखि बालशिक्षिकाको रुपमा काम गर्नुभएको थियो । गत साउनबाट अवकास लिनुभएकी खड्कालाई शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको कार्यक्रम संयोजक अमर बहादुर खत्रीले जानकारी दिनुभयो ।
हसन्दहका स्थानीय युवाहरूको समुहले मिलेर आयोजना गरेको तिज विशेष कार्यक्रममा एकल तथा सामुहिक नृत्य गर्नुका साथै १२ सय बढिलाई दर खुवाएको संयोजक खत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर