लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

झापा, लागुऔषध ओसार पसारमा संग्लग्न रहेको आरोपमा १ जना भारतिय नागरीक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेस सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका ४ का ३५ बर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो भने महमदको बयानको आधारमा बिर्तामोड नगरपालिका ५ का २५ बर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ बर्षीय जम्सेद आलमालाई मंगलवार बिहान झापाको हल्दिवारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ । लागुऔषध र नगद सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर