विश्व हिन्दु परिषद कञ्चनपुरले ग¥यो थारु अगुवालाई सम्मान

विश्व हिन्दु परिषद कञ्चनपुरले ग¥यो थारु अगुवालाई सम्मान

कञ्चनपुर, विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरद्वारा थारू गुरुवा, भगत, भर्रा, भलमनसा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । थारु संस्कृति रक्षार्थ विशिष्ट योगदान पु¥यानु हुने व्यक्तित्वहरुलाई परिषद्ले समय–समयमा सम्मान गर्दै आएको छ । यस पूर्व कैलालीका थारु अगुवाहरुलाई सम्मान गरिएको थियो ।

कञ्चनपुरको बेलौरी नगरपालिका स्थित उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण भारती (बालक बाबा) एवं अतिथिहरू देवी भारती, हर्केश विष्ट, राजु चौधरी, बेचनलाल चौधरी, गिरीलाल चौधरी, क्षमानन्द राना, साथिराम राना लगायत थारु अगुवा एवं परिषदका राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमार सहित स्थानीय कार्यकर्ताहररू समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताको रुपमा बोल्दै थारू अगुवाहरुले थारू समुदायमा फैलिदै गएको ईशाइकरणले मौलिक थारु संस्कृति समाप्त पार्दै गएको भन्दै आक्रोश व्यक्त गरे । थारु संस्कृति संरक्षणको लागि ईशाइकरण रोक्न अपरिहार्य रहेकोले समस्त थारू समुदायलाई संगठित हुन आह्वान समेत गर्नु भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: