विश्वहिन्दु परिषदबाट ३० जनाले लिए ६ महिने सिलाई तालिम

विश्वहिन्दु परिषदबाट ३० जनाले लिए ६ महिने सिलाई तालिम

महोत्तरी, मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन् ।

आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
भंगहा नगरपालिकाका विभिन्न वडाहरुबाट सहभागी प्रशिक्षार्थीहरुलाई भाद्र ६ गते एक कार्यक्रम बिच विश्व हिन्दू परिषद् नेपालका ट्रष्टी ओम प्रकाश सर्राफ, महोत्तरी जिल्ला अध्यक्ष वृजेश झा एवं धनुषा जिल्लाका पूर्व अध्यक्ष रघुनाथ साहको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

सफलतापूर्वक सिलाई प्रशिक्षण केन्द्र सञ्चालनमा योगदान पु¥यानुहुने केन्द्रका प्रशिक्षक महिमा सिंह एवं एकल विद्यालय अभियानका स्थानीय संच प्रमुख रामपरी रामलाई सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा विश्व हिन्दू परिषद्का तर्फबाट प्रदेश संगठन सचिव धनुषधारी पाण्डे, महिला प्रमुख सुनिता देवी ठाकुर, धनुषा जिल्ला उपाध्यक्ष अमन प्रसाद गुप्ता लगायत स्थानीय कार्यकर्ताहरु सहित करिब १ सय जनाको सहभागिता रहेको थियो ।
आगामी दिनमा महोत्तरीको औरही नगरपालिकामा समेत सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गरिने परिषद्का प्रदेश संगठन सचिव धनुषधारी पाण्डेले बताउनु भयो ।

सम्बन्धित खवर