मंसिर चार ः कांग्रेसले ढकालसँग शर्मालाई भिडाउला ?

मंसिर चार ः कांग्रेसले ढकालसँग शर्मालाई भिडाउला ?

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा मोरङमा राजनीतिक दललाई उम्मेद्वार चयन गर्न सकस परेको छ । मोरङका ६ निर्वाचन क्षेत्रमा एमाले र गठबन्धनमा रहेका दललाई नै उम्मेद्वार चयन गर्न सकस पर्दै गएको हो ।

मोरङमा एमाले भित्र दुई वा दुई भन्दा बढी उम्मेद्वार देखिए पनि पार्टी भित्रको कसलाई उम्मेद्वार बनाउने भन्ने बिषय टुन्ङिसकेको छ् । मोरङका ६ निर्वाचन क्षेत्रमा एमालेले उमेद्वार चयन गर्दा काङ्ग्रेस भित्र भने गठबन्धनले उत्पन्न गराएको समस्याको हल हुन सकेको छैन ।

मोरङका ६ निर्वाचन क्षेत्रमा काङ्ग्रेस तर्फ मोरङ क्षेत्र नं १ मा डिकबहादुर लिम्बु , क्षेत्र नं २ मा मिनेन्द्र रिजाल, क्षेत्र नं ३ मा सुनिल शर्मा, क्षेत्र नं ६ मा शेखर कोइरालाको नाम चर्चामा छ । यदपी काङ्ग्रेस भित्र मोरङ क्षेत्र नं १ मा खड्ग फागो, क्षेत्र नं २ मा सुजता कोइराला, क्षेत्र नं ३ मा गोपाल थापा, क्षेत्र नं ६ मा रमेश जंग रायमाझीको समेत नाम चर्चामा छ । मोरङ क्षेत्र नं ४ र ५ गठबन्धनको भाग अर्थत माओवादी र जसपालाई जाने सम्भावना छ ।

मोरङ क्षेत्र नं ३ मा सबै भन्दा बढी चर्चा सुनिल शर्माको छ । काङ्ग्रेस भित्रको आफ्ना प्रतिद्वन्दी गोपाल थापालाई समानुपातिकमा लगेर भए पनि शर्मा क्षेत्र नं ३ को चुनावी मैदानमा उत्रिने प्रयासमा छन् । तर काङ्ग्रेस भित्रकै केही समुह शर्माको टिकट रोक्न लागिपरेका छन् । यदापी क्षेत्र नं ३ गठबन्धनको भागमा परेर काङ्ग्रेस भन्दा बाहिर गएन भने उही शर्माले नै टिकट ल्याउने आंकलन गरिएको छ ।

यदी शर्माले काङ्ग्रेसबाट टिकट पाए एमालेबाट उनको प्रतिद्वन्दी भानुभक्त ढकाल हुनेछन् । अघिल्लो निर्वाचन २०७४ मा समेत शर्मा उही ढकालसँग पराजित बनेका थिए । यस पटक शर्मा ढकालसँगै निर्वाचनमा विजेता बन्ने प्रयासमा लागिपरेका छन् । अघिल्लो निर्वाचनमा पराजित बने पनि शर्माले क्षेत्र नं ३ मा निरन्तर स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकको सेवामा लागिरहेका छन् ।

एमालेबाट अघिल्लो निर्वाचनमा शर्मालाई पराजित गरेका ढकाललाई पाहुनाको ट्याग लागेको छ । अघिल्लो निर्वाचनमा ढकाल आँफैले आफुलाई मत हाल्न पाएका थिएनन । त्यतीखेर उनको मतदाता तेह्रथुममा रहेको थियो । ढकालले आफुलाई पाहुना उम्मेद्वारको ट्याग हटाउनकै लागि मोरङको सुन्दरहरैचामा तत्कालाई घर निर्माणको कार्यलाई अगाडि बढाएका छन् भने उनले आफ्नो मतदाता नामावली तेह्रथुमबाट सुन्दरहरैचामा सारेका छन्। उनले यस पटक मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १२ स्थित सुकुना बहुमुखी क्याम्पसबाट मत हाल्ने छन् ।

ढकाल भन्दा यस पटक शर्मा अलिक बलियो बनेका छन् । मोरङमा सबै क्षेत्रमा गठबन्धन हुने निश्चित छ । गठबन्धन हुने कारणले समेत शर्मा यस पटक बलियो उम्मेद्वार हुन् । मोरङ क्षेत्र नं ३ मा एमाले गठबन्धन दल भन्दा ८०० मतले अगाडि छ । तर शर्मा क्षेत्रमा ढकाल भन्दा लोकप्रिय बन्दै गएका छन् । शर्माले नोबेल मेडिकल कालेजबाट स्वास्थ्य शिविर सञ्चालन गरेर लोकप्रिय छ्न् भने ढकाल सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न नसकेर विवादित बन्दै गएका छन् ।

यद्दपी एमाले भित्र काङ्ग्रेसका उम्मेद्वार शर्मा रहे उनलाई चुनौती दिन ढकाल बाहेक अन्यको विकल्प छैन् भने काङ्ग्रेस भित्र एमालेका उम्मेद्वार ढकाल रहे उनलाई चुनौती दिन शर्माको बाहेक अन्यको विकल्प छैन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: