क्रिएटिभ लेडिजद्धारा वृद्धालाई सहयोग, घर निर्माणको योजना

क्रिएटिभ लेडिजद्धारा वृद्धालाई सहयोग, घर निर्माणको योजना

लायन्स क्लब अफ पथरी शनिश्चरे क्रिएटिभ लेडिजले लामो समयबाट एक्लै जिर्ण घरको ओतमा रहेकी एकल ज्येष्ठ वृद्धाको उद्धारको कार्य अगाडि बढाएको छ । खरको छानो, त्यो पनि कुहिसकेपछि न घाम छेक्थ्यो न त पानी नै । तत्कालका लागी सो खरको छानो हटाई त्रिपाल र बाँसको सहायताले राहत दिएको क्रिएटिभ लेडिजले आज एक कार्यक्रम सहित जस्ता (टिन) वितरण गरेको छ ।


मोरङको रंगेली नगरपालिका १ नम्बर वडा बोरावाध–मालजंगल बस्ने इश्वरी बुढाथोकीको दयनिय अवस्था देखेर सामाजिक उत्तरदायीत्व स्वरुप केहि गर्नुपर्छ भन्ने उद्धेश्यका साथ सो वृद्धाको सहयोग अभियान शुरुवात गरिएको लायन्स क्लब अफ पथरी शनिश्चरे क्रिएटिभ लेडिजकी संस्थापक अध्यक्ष देवी राईले बताउनु भयो । राईले जस्ता वितरण गरिए पनि अब ति वृद्धाका लागी सानो घर नै निर्माणको उद्धेश्य रहेको वताउदै सहयोगी हातहरुलाई अभियानमा हातेमालो गर्न आव्हान गर्नुभयो ।


आज सम्पन्न जस्तापाता हस्तान्तरण कार्यक्रममा रिजन चियर पर्सन नागेश पोखरेल, जोन चियर पर्सन देवी प्रसाद सिटौला, लायन्स क्लब अफ पथरी शनिश्चरे क्रिएटिभ लेडिजका पदाधिकारी, सदस्य लगायतको उपस्थिती रहेको थियो । आज सम्पन्न सो कार्यक्रमका लागी पथरीको एभरेष्ट मावि, कौशिला सुनचाँदि पसल, चिनारी टे«डुर्स, सामाजिक व्यक्तित्वहरु अमिर राई, सुनिल खत्री, सुरेश न्यौपाने, भिम संग्रौला, विक्रम योन्जन तामाङ लगायतको सहयोग रहेको अध्यक्ष राईले बताउनु भयो ।

लायन्स क्लब अफ पथरी शनिश्चरे क्रिएटिभ लेडिजले आगामी दिनहरुमा समेत बजार सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्यक्रम गर्ने योजना रहेको बताउनु भयो ।

सम्बन्धित खवर