पारिवारिक विषयमा भएको घरझगडामा वडा अध्यक्षलाई आक्रमण प्रयास

पारिवारिक विषयमा भएको घरझगडामा वडा अध्यक्षलाई आक्रमण प्रयास

पथरी, पारिवारिक घरझगडाको बिषयलाई लिएर मोरङ पथरीशनिश्चरे ६ का वडाअध्यक्ष कृष्णकुमार बस्नेतमाथी आक्रमणको प्रयास गरिएको छ ।

सेवाग्राहीको रूपमा आएका एक समुहले अध्यक्ष बस्नेतले सिफारिस नदिएको झोँकमा आक्रमणको प्रयास गरेका हुन् । कानेपोखरी गाउपालिका ४ बयरबन घर भएका चन्द्रकला आचार्य र तेजकुमारी आचार्यले दर्जन बढिको समुहमा मानिस ल्याएर वडा कार्यालयमा हुलहुज्जत गर्नुका साथै आफुमाथि आक्रमण प्रयास गरेको बस्नेतले बताए । उनिहरूले आक्रमण गर्न खोजेपछि वडाका कर्मचारी र अन्य सेवाग्राहीले रोकेका थिए । आक्रमण गर्न नपाएपछि आचार्य दिदि बहिनीले अध्यक्ष बस्नेतलाई गालि गलौज गरेका छन् । यसैबीच, वडाअध्यक्ष बस्नेतले आफूमाथि कार्यलयमै आई आक्रमणको प्रयास गर्नेबिरुद्व कानुनी उपचारमा जाने बताएका छन् ।

आक्रमण गर्न खोज्ने महिलाहरूले आफ्नो बाबु, आमाको नाममा रहेको जग्गा बेच्नका लागि वडा कार्यालयमा घरबाटो सिफारिस लिन आएका थिए । परिवारमा संगोलमा रहेको जग्गा बेच्नका लागि सबैको सहमति चाहिने भएपछि वडाबाट सिफरिस रोकिएको थियो । आचार्य द्वयका दाजु प्रेम प्रसाद आचार्यले सो जग्गा बेच्न आफ्नो सहमति नरहेको हुँदा सिफरिस रोक्न भन्दै वडामा निवेदन हालेपछि आफुले सिफारिस रोकेको अध्यक्ष बस्नेतले बताए ।

सोही सिफारिस रोकेको झोँकमा उनिहरू आक्रमणको प्रयासमा उत्रिएका हुन् । सो जग्गामा पहिले देखि नै लफडा रहेको भन्दै अघिल्लो कार्यकालमा वडाध्यक्ष रहेका जय बहादुर तामाङले पनि घरबाटोको सिफारिस रोकेका थिए ।

सम्बन्धित खवर