लेक लागेर अचेत भएकी युवतीको प्रहरीले ग¥यो उद्दार

लेक लागेर अचेत भएकी युवतीको प्रहरीले ग¥यो उद्दार

सोलुखुम्बु, सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका १ मा रहेको प्रसिद्ध धार्मिक स्थल ठुलो दुधकुण्डको दर्शनका लागि पुगेकी एक युवती (भक्तजन) लाई प्रहरीले उद्दार गरेको छ ।

गत २६ गते दर्शनको लागि गएकी युवती ४ हजार ६०० मिटर उचाईमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा रहेकी युवतीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले फेला पारेको थियो ।

अचेत अवस्थामा रहेकी ति युवतीको महिला प्रहरीले बोकेर प्राथमिक उपचारको लागि दुधकुण्ड बेश क्याम्प लगिएको थियो । काठमाडौं घर भएकी ति युवती उपचार पश्चात अवस्था सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित खवर