पथरीशनिश्चरे नगरपालिकाको बिच भागमा प्रशासनिक भवन

पथरीशनिश्चरे नगरपालिकाको बिच भागमा प्रशासनिक भवन

पथरी, पथरी शनिश्चरे गरपालिकाको प्रशासनिक भवन पायक पर्ने ठाउमा सार्नु पर्ने विषयमा पटक पटक कुरा उठिरहदा पछिल्लो समय भने त्यसले अलिक चर्कोरूप लिएको छ। हाल पथरी बजारमा रहेको भवन सबै वडाबासीलाई भौगोलिकरूपमा पायक पर्ने ठाउमा नरेको भन्दै बेलाबखत चर्को असन्तुष्ठि हुँदै आएको थियो।

यसैबिच, नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सर्वसाधारण जनताबाटै झन्डै एक बिगाह दश कठ्ठा जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्। वडा नम्बर ७ किर्तिपुर बजार क्षेत्रमा भवन बनाउने हो भने आवश्यक जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन्। किर्तिपुर बजार क्षेत्र दश वटै वडाको मध्य विन्दुमा भएँको भन्दै १३ जना सर्वसाधारणले मिलेर एक बिगाह दश कठ्ठा जग्गा उपलब्ध गराउने बताए।

श्रीप्रसाद ढुङगानाले १० कठठा, जहरमान लिम्बुले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा नरेन्द्र थापाले १ कठठा, लालबहादुर बस्नेतले १ कठठा, विकास लिम्बु २ कठठा, डम्बर दर्लामी २ कठठा सरोज रिजालले २ कठठा उपलब्ध गराउने भएको हो । यस्तै बिष्णु धिमाल कठठा २ , कुमार लिम्बु ३ कठठा, मिनबहादुर धिमाल २ कठठा र चन्द्रबहादुर लिम्बु २ कठठा र सन्तोष बस्नेतले २ कठठा गरि जम्मा १ बिघा ११ कठठा जग्गा उपलब्ध गराउने घोषणा गरेको हो ।

श्रीप्रसाद ढुङ्गानाको नाममा रहेको बयरवन ९ र को कित्त नम्बर २०३, २०४ र २०५ को जग्गा उपलब्ध गराउने र सोही जग्गासंग सटिएको अन्य जग्गाधनीहरुसंग कुरा भई रहेको करिब २ बिघा बराबर उपलब्ध गराउने गरि छलफल भई रहेको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणर्थ निशुल्क जग्गा उपलब्ध गराउने पहल समितिका सचिव बिरोज मगरले बताए ।

प्रस्तावित गरिएको स्थानदेखी पूर्वमा मौलीबारी ७ किलोमिटर पश्चिममा डाँसखोला ७ किलोमिटर उत्तरमा पथरीशनिश्चरे महेन्द्र राजमार्ग ७ किलोमिटर दक्षिणमा सुनबर्षी नगरपालिका सिमाना ८ किलोमिटर रहेको छ ।

हाल वडा नम्बर १ पथरी बजारमा रहेको नगरपालिका कार्यालयमा भवन अभाव भएको कारण २ वटा स्थानियको घरका फलाइट भाडामा लिएर काम चलाउदैको आएको छ । जग्गा उपलब्ध गराउने मध्ये जहरमान लिम्बुको नेतृत्वमा समितिका पदाधिकारी सहभागितामा नगरका मेयर मोहन तुम्बापोलाई भवन निर्माण स्थलको लागी प्रस्ताव पत्र पेश गरिएको बताईएको छ।

सम्बन्धित खवर