मिक्लाजुङमा बजार अनुगमान बजारमा भेटीए म्याद गुज्रीएका सामान

मिक्लाजुङमा बजार अनुगमान बजारमा भेटीए म्याद गुज्रीएका सामान

मधुमल्ला, मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजारमा बुधबार बजार अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा बजारमा धेरै मात्रामा म्याद गुज्रीएका खाध्य तथा सृगारका सामग्रीहरु भेटीएको बजार अनुगमन समितिका संयोजक चिन्तामणी पोख्रेलले बताए । बुधबार मिक्लाजुङको मधुमल्ला बाजारका करिब १० वटा पसलहरुको अनुगमन गरिएको पोख्रेलले बताए । अनुगमन गरिएका पशलहरुमा खद्यान्न पसल, फार्मेसी, कस्मेटीक पशलहरुमा म्याद नाघेका खाद्य बस्तु, औषधी र सृङ्गारका सामग्रीहरु भेटिएका थिए । अनुगमनका क्रममा भेटीएका म्याद गुज्रीएका खाध्य सामग्री तथा औषधीहरुलाई तत्काल नस्ट गर्न निर्देशन दिएको बजार अनुगमन समितिका संयोजक पोख्रेलले बताए ।

बुधबार अनुगमन समितिले खाध्यान्ह पसल, सुन पसल, मिठाई पसल, हार्डवेयर, कृषी भण्डार र कस्मेटीक पसलहरु गरी १० वटा पसलको अनुगमन गरीएको थियो ।

साथै दर्ता नभएका पसलहरुलाई दर्ता गर्न र नविकरण नभएका पसलहरुलाई नविकरण गर्न सुझाब दिईको थियो । यस्तै पसलमा होडिङ बोर्ड नभएकाहरुलाई लगाउन, मुल्य सुची राख्न र खाध्य बस्तुहरुको उत्पादन मिति हेरेर मात्र बिक्री वितरण गर्न सुझाब दिएको अुनगमन समितिका संयोजक पोख्रलले बताए । अब नियमिति रुपमा प्रत्येक महिनाको २५ गते बजार अनुगमन गरिने र म्याद गुज्रीएका र अखाध्य बस्तुहरु बिक्री वितरण गर्ने पशलहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याइने पोख्रेलले बताए । बजार अनुगमानमा व्यापार प्रवन्ध समितिका पदाधीकारी, स्थानीय प्रसाशन र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर