बेनी हाइड्रोपावरको सामग्री चोरी गरेको आरोपमा तीन पक्राउ

बेनी हाइड्रोपावरको सामग्री चोरी गरेको आरोपमा तीन पक्राउ

सोलुखुम्बु, सोलुदूधकुण्ड नगरपालिका–२ र ३ नम्बर क्षेत्रमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका–११ का ३५ वर्षीय कुलबहादुर राई, सोही नगरपालिका–३ मा अस्थायी बसोवास गर्दै आएका ३२ वर्षीय दावा तामाङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३२ वर्षीय भलाकाजी तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ परेका तीन जनाविरुद्ध चोरी कसुरमा मुद्दा चलाइएको छ ।

आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राति फलामको पाताहरु गाडीमा राखेर लैजाने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार प्रहरीले तीनै जनालाई बा१६च ५२६९ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरेको बताउनुभयो । तीनैविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर