पथरीकी १४ वर्षीय बालिका बेलबारीको जंगलमा बलात्कृत

पथरीकी १४ वर्षीय बालिका बेलबारीको जंगलमा बलात्कृत

बेलबारी, मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ललाईफकाई बेलबारी स्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बालिका आफू असुरक्षित भएको भन्दै प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो । बलात्कार आरोपी नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ ।उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर