शिप सिकेकालाई सिलाई मेशिन वितरण

शिप सिकेकालाई सिलाई मेशिन वितरण

उर्लाबारी, उर्लाबारी नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बङ्गुर र बाख्रा पालन गर्ने १२ जनालाई दुई–दुई थान आरी र बाल्टि साथै सिलाई कटाई र झोला बनाउने तालिम लिएका २२ जनालाई सिलाई मेशिन वितरण गरेको छ । बुधबार नगरपालिकामा एक कार्यक्रकाबीच नगरप्रमुख गंगाप्रसाद खरेलले ति सामग्री प्रदान गर्नुभयो । कार्यक्रममा प्रमुख खरेल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले प्राप्त सामग्रीको सहि सदुपयोग गरी व्यवसायिक बन्न आग्रह गर्नुभयो । नगरपालिकाले विहीबारपनि ३२ थान सिलाई मेशिन वितरण गर्ने नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर