श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ पर्नुभएका श्रेष्ठविरुद्ध रु ४८ करोड बढी बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको एक समूहले गत असार २९ गते श्रेष्ठलाई काठमाडौँबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठले हुण्डीमार्फत विदेशमा रकम पठाएको पत्ता लागेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको उल्लेख गर्दै श्रेष्ठविरुद्ध बिगोको तीन गुणसम्म जरिवाना र सात वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरूपमा गैरकानुनी रहेको उल्लेख गर्र्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: