गरिमा विकास बैंकको नाफा २६.३५% ले बढेपछि १ अर्ब माथि

गरिमा विकास बैंकको नाफा २६.३५% ले बढेपछि १ अर्ब माथि

काठमाडौं / गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५% ले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७% र सञ्चालन नाफा २५.३५% ले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५०% ले बढेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ ।

सम्बन्धित खवर