मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार स्वाब परीक्षण गर्दा मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई समेत सङ्क्रमण देखिएको हो । कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री राईको भेटघाटका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाइएको छ । राई सहितका संक्रमितको अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खवर