किर्ते नागरिकता बनाएर जागिर खाने डिएसपीलाई ८ महिना कैद

किर्ते नागरिकता बनाएर जागिर खाने डिएसपीलाई ८ महिना कैद

काठमाडौँ / किर्ते नागरिकता बनाएर जागिर खाएको अभियोगमा अदालतले एकजना डिएसपीलाई ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ । दोषी ठहर भएसँगै उनको जागिर समेत गएको छ ।

विशेष अदालत काठमाडौँले प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई दोषी ठहर गरेको हो । यसअघि गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गरेको हो ।

सिंहले जन्म मिति २०३२ साल भए पनि २०३३ साल बनाएर एलएलसीको चारित्रिक प्रमाणपत्र लिएका थिए । त्यसकै आधारमा नागरिकता बनाएर जागिर खाएपछि उनी अख्तियारको अनुसन्धानमा परेका हुन्।

२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए। तर लोक सेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो। आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएपछि दोषी ठहर भएका हुन्।

सम्बन्धित खवर