म्यानमार सेनाले ग¥यो मृत्युदण्डको बचाउ

म्यानमार सेनाले ग¥यो मृत्युदण्डको बचाउ

म्यानमारको सेनाले यसै साता चार जना अभियानकर्मी माथि दिइएको मृत्युदण्डको बचाउ गरेको छ । सेनाले मंगलबार देशले दशकमा पहिलो पटक मृत्युदण्ड दिएको थियो । मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । सजाय पाएकामध्ये दुई जना मृत्युदण्डको हकदार भएको सेनाले जिकिर गरेको छ ।

मृत्युदण्डबारे गरिएका अन्तर्राष्ट्रिय निन्दाको जुन्ताले कडा आलोचनासमेत गरेको छ । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर सजाय दिइएको सेनाले दाबी गरेको छ । प्रवक्ता जाव मिन टुनले दोषीलाई ‘अदालती प्रक्रियाअनुसार आफ्नो प्रतिरक्षा गर्ने अधिकार दिइएको’ बताए ।

‘हामीले उनीहरूको सजायलाई अन्य मृत्युदण्डका मुद्दाहरूसँग तुलना गर्ने हो भने उनीहरूलाई धेरै पटक मृत्युदण्ड दिइनु पर्ने थियो’, उनले राजधानी नेपिडाउमा नियमित पत्रकार सम्मेलनमा भने । उनीहरूले धेरै निर्दोष मानिसलाई हानि गरेको उनले दाबी गरे ।

मृत्युदण्ड पाउनेमा आङ सान सुकीको पार्टीका पूर्वसांसद थिए । उनलाई भिडियो कन्फरेन्समार्फ परिवारका सदस्यहरूसँग भेट्न अनुमति दिइएको उनले बताए । सेनाले पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको अभियोग लगाएको थियो ।

जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । जुन्ता सरकारले गत वर्ष फेब्रुअरीमा आङ सान सुकीको नेतृत्वमा रहेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्त गरेको थियो । जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो ।

सम्बन्धित खवर