पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपील

पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपील

पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागकाअनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो। थप वर्षा हुनसक्ने आकलन गरिएको छ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: