सक्कली सुन भन्दै ठग्ने दुई जना पक्राउ

सक्कली सुन भन्दै ठग्ने दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नं ८ बसन्तपुर घर हाल पोखरा ४, रामकृष्ण टोल बस्ने वर्ष ३५ का धर्मेन्द्र खाती र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं ४ रापाकोट घर भइ हाल पोखरा १६ घर्मीखोला बस्ने वर्ष ४० का डिलबहादुर बिक रहेका छन् ।

उनीहरुले पोखराको न्यूरोडस्थित एक होटलमा नक्कली सुनको दुई वटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोजेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना विरुद्ध आपराधिक षडयन्त्र सम्बन्धी कसुरमा कास्की जिल्ला अअदालतबाट सात दिन म्याद लिएर अनुुन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: