पथरीमा ब्राउन सुगरको सब डिलर चलाइरहेका र कारोबारमा संलग्न ४ जना पक्राउ

पथरीमा ब्राउन सुगरको सब डिलर चलाइरहेका र कारोबारमा संलग्न ४ जना पक्राउ

पथरी, मोरङको पथरीमा ब्राउन सुगरको सब डिलर चलाइरहेकालाई पथरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

पथरीमा लागुऔषध ब्राउन सुगरको सब डिलर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा मंगलबार साँझ बिपिन थापालाई प्रहरीले घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए । थापाको साथबाट ३६ पोका बनाएर राखिएको १ ग्राम ६५० मिलिग्राम करिब १ लाख बराबरको ब्राउन सुगर फेला परेको हो ।

थापालाई प्रक्राउ गरेपछि अन्य प्रयोगकर्ताहरूलाई पनि प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । पक्राउ पर्नेहररूमा थापा सहित पथरीशनिश्चरे नगरपालिका वडा न. २ का वर्ष २३ का विवेक दर्जी, सोही नगरपालिका वडा न. ७ का वर्ष १७ का सन्देश रार्इ र वडा नं. १ रत्नचौकका वर्ष २५ का दिपेश सार्की रहेका छन् ।

डिएसपी गौतमका अनुसार विवेक दर्जी र सन्देश राईको साथबाट ५० मिलिग्राम, बिपिन थापाको घरमा छापा मार्दा १ ग्राम ६५० मिलिग्राम र दिपेश सार्कीको साथबाट ३५ थान पोका पारिएको अवस्थामा ब्राउन सुगर फेला पारेको हो ।

भारतबाट विभिन्न स्थानमा डिलर राखेर कारोबार गरिरहेकाहरूलाई पक्राउ गर्नेगरी अप्रेसन चलाइएको गौतमले जानकारी दिए । पक्राउ परेकाहरूलाई लागुऔषध प्रयोग तथा कारोबार ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर