मेची राजमार्गमा पिकअपको ठक्करबाट एकको मृत्यु

मेची राजमार्गमा पिकअपको ठक्करबाट एकको मृत्यु

झापा / बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले ठक्कर दिँदा एक अटोरिक्सा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार अटोचालक बुद्धशान्ति–७ का ४१ वर्षीय भानु खड्काको मृत्यु भएको हो। यस्तै, दुई जना घाइते भएका छन् ।

बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ ह ४६४४ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

सम्बन्धित खवर