भृकुटीमण्डपको गोदाममा भीषण आगलागी

भृकुटीमण्डपको गोदाममा भीषण आगलागी

काठमाण्डौं भृकुटीमण्डपमा रहेको ह्विल चेयरको गोदाममा भीषण आगलागी भएको छ। आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर आगो निभाउने प्रयास भइरहेको छ।

अहिले अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ। आगलागी के कारणले भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गर्मी समयमा ग्रामीण स्थानमा हावाहुरी र केटाकेटीको लापरबाहीले आगलागीका घटनाहरू हुने गरेका भए तापनि शहरी क्षेत्रमा भने प्राय विद्युतीय सर्ट भएर धेरैजसो आगलागीका घटनाहरू हुने गरेका छन्।

अहिले आगलागीबाट जस्ताको छानो ह्वार्रह्वार्रती बलेको अवस्था छ। थाहा खबरबाट

सम्बन्धित खवर