स्वदेश फर्किनुअघि लिउले राष्ट्रपतिलाई भेट्ने

स्वदेश फर्किनुअघि लिउले राष्ट्रपतिलाई भेट्ने

काठमाडौं / चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहान साढे १० बजे शीतल निवासमा भेट्ने कार्यक्रम रहेको जानकारी दिए।

चार दिनको औपचारिक भ्रमणमा नेपाल आएका लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए।

उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतसँग भेटवार्ता गरेका थिए। लिउ बुधबार बिहान ११ः४५ बजे स्वदेश फर्किने कार्यक्रम छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: