गाँजा वैधानिकताको माग गर्दै बृहत् हस्ताक्षर अभियान शुरु

गाँजा वैधानिकताको माग गर्दै बृहत् हस्ताक्षर अभियान शुरु

नरेन्द्र कश्चित
धनकुटा / ‘धनकुटा जिल्लामा नेपालको गाँजा,समृद्धिको राजा’ नाराका साथ सरकारद्वारा गाँजालाई वैधानिकता प्रदान गर्न पर्ने माग गर्दै बृहत् हस्ताक्षर अभियान शुरु भएको छ ।

गाँजा वैधानिक महाअभियान,खाल्सा छिन्ताङ्ग धनकुटाले नेपाल सरकारद्वारा गाँजालाई वैधानिकता प्रदान गराउनको लागि धनकुटाको मदनचौकमा विहिबारदेखि बृहत् हस्ताक्षर अभियान शुरु गरिएको गाँजा वैधानिक महाअभियान धनकुटाका संयोजक तिर्थ राईले बताउनु भयो । बृहत् हस्ताक्षर संकलन अभियानमा धनकुटा निर्वाचन क्षेत्र क का प्रदेश संसद निरन राई,संघीय संसद राजेन्द्र कुमार राईले समेत मदन चौकमा गई विहिबारै हस्ताक्षर गर्नु भएको छ ।

गाँजालाई लागू औषधको रुपमा जुन ढंगले राज्यद्वारा परिभाषित गरि कानुन निर्माण गरिएको छ,यो देशको र किसानको हितमा नरहेको साथै समयसापेक्ष नदेखिएकोले गाँजालाई वैधानिकता दिएर जान ढिला गर्न नहुने महाअभियान धनकुटाका प्रवक्ता नरेन्द्र राईले बताउनु भयो । गाँजाबाट विभिन्न प्रकारका औषधी,तेल,लत्ताकपडा,झोला,जुत्ता लगायतका विभिन्न सामाग्रीहरु निर्माण हुने र हजारौ युवाहरु उद्यम व्यवसायमा लागेर मनग्य आर्थिक समृद्धि हासिल हुन सक्ने हुनाले सरकारले वैधानिकता प्रदान गरेर जान पर्ने महाअभियानका जिल्ला संयोजक तिर्थ राईले बताउनु भयो ।

विभिन्न देशहरुले गाँजा खेतीलाई वैधानिकता प्रदान गरि वर्षमा खर्बौ रुपैया कमाइ रहेको अवस्थामा नेपालमा गाँजालाई लागू औषधको रुपमा मात्र लिन नहुने समेत संयोजक राईले बताउनु भयो । जिल्लाभरि हस्ताक्षर अभियान संकलन पश्चात् नेपाल सरकारलाई उक्त हस्ताक्षर बुझाइने गाँजा वैधानिक महाअभियान,खाल्सा छिन्ताङ्ग धनकुटाले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: