किशोर किशोरीका लागि यौन तथा प्रजनन् शिक्षा

किशोर किशोरीका लागि यौन तथा प्रजनन् शिक्षा

पथरी, मोरङको पथरी शनिश्चरे नगरस्थित स्वास्थ्य शाखाले किशोर किशोरीका लागि यौन तथा प्रजनन् शिक्षा सम्बन्धी १ दिने तालिम सम्पन्न गरेको छ ।

नगरस्थित १० वडाका वडा बाल क्लब र नगर बाल सञ्जालका पदाधिकारी सहितका लागि आयोजित कार्यक्रममा बोल्दै नगर उपप्रमुख देवीमाया काफ्लेले किशोर किशोरीको स्वास्थ्य सचेतनाका लागि यस प्रकारको कार्यक्रमले वस्तीमा सन्देश प्रवाह हुने वताउनु भयो ।

कार्यक्रममा, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, स्वास्थ्य शाखाका एकराज खत्री र नगर बाल सञ्जाल अध्यक्ष मुरारी खनालले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा हसन्दह स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी निर्मला विश्वकर्माले तालिमको सहजिकरण गर्नुभयो । उहाँले २० वर्ष नपुगी विवाह गर्न नहुने सहित यौन र प्रजनन् स्वास्थ्य सचेतनका विषयहरु प्रस्तुत गर्नुभयो ।

सम्बन्धित खवर